संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो ।

Advertisement

सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्याउँन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘अहिले फेरी कोरोना संक्रमण बढिरहेको छ । यस्तो बेला पीसीआर परीक्षण शुल्क महंगो भयो भने कोरोना नियन्त्रणमा समस्या हुँनसक्न भनेर केही सहज बनाउँन शुल्क घटाएका हौं,’ डा.शर्माले भने ।

डा.शर्माले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाबासीलाई बैशाख महिनाभर नोबेलमा ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने घोषणा गरी सोही अनुसार परीक्षणको व्यवस्था मिलाउँदै आएका छन् । आफू अध्यक्ष रहेको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि डा.शर्माले केही दिन अघि पीसीआर परीक्षण शुल्क घटाएर १५ सयमा झारेका छन् ।

कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला डा.शर्माले केएमसीमा १ हजार ९ सय कम अर्थात २ हजार ५ सयमै पीसीआर परीक्षण गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!