संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुषसहित ६४, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैंचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१, जनामा संक्रमण पुष्टि भएको छ । उदयपुरको उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १ जनामा संक्रमण पत्ता लागेको छ । यता, प्रदेश १ मा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका २३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९७७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ११७ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!