संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित पुरुषको गएराती मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विराटनगर–१५ का ५६ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनमा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि विराटनगरको नोबेल अस्पतालले उनलाई रेफर गरेको थियो ।

उनलाई प्रतिष्ठानमा बुधबार भर्ना गरेर उपचार भइरहेको थियो । उपचारकै क्रममा राती करिव साढे ९ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पाखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!