
सुनसरी । धरानमा चिया पसलबाट लागुऔषध बिक्रि गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१६ का २३ बर्षीय निखिल जोशी छन् ।
उनले धरान–२ भानुचौकमा चिया पसल सञ्चालन गर्दै आएका छन् । सोही चिया पसलबाट लागूऔषधसमेत बिक्री बितरण गर्ने गरेको सूचना पाएपछि प्रहरीले आइतवार बेलुका करिब ५ बजे उनको पसलमा छापा हानेको हो ।
जोशीको चिया पसलबाट लागूऔषध स्पास्मो प्रोक्सीभन प्लस ६ सय ट्यावलेट बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । जोशीलाई पक्राउ गरी प्रहरीले उनको कारोवारका विषयमा थप अनुसन्धान गरिरहेको छ ।












