
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका विराटनगर–२ का ४० बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतवार बिहान ९ बजे अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा अपरान्ह कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको ९ घण्टापछि राती करिब १ बजे उनको मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।
पछिल्लो समय मोरङमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतवार मात्रै मोरङका ८४ जनामा संक्रमण पुष्टि भएको छ ।















