पत्रपत्रिका खवर

धनकुटा । ६ रोपनी क्षेत्रफल भएको टाहार बारीमा रायोको साग भरिएको छ । छथर जोरपाटी गाउँपालिका–६ मझुवाकी नेत्रकुमारी विष्टलाई सागको मुठा बाँध्दै डोकोमा राखेर बिक्रिको तयारी गर्न भ्याइनभ्याई छ । उनले महिना दिनमा १ लाख रुपैयाँको साग बेचिसकिन् । ४ सयको बीउबाट उनले यति आम्दानी हात पारेकी हुन् ।

Advertisement

माघ दोस्रो सातादेखि बेच्न थालेकी विष्टले सुरुमा मुठाको २ रुपैयाँका दरले नै १ हजार ८ सय मुठा साग बेचेको सुनाइन् । सोचेभन्दा उल्लेख्य उत्पादन भएकाले कम मूल्यमा बच्नुपरेको उनको भनाई छ । ‘अन्य तरकारीको दाँजोमा रायोको सागबाट बर्सेनी राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्,‘असिनाले क्षति नपुगेको भए आम्दानी अझ बढ्थ्यो ।’ सुरुमा २ रुपैयाँ मुठा बेचे पनि पछिल्ले समय महिनामा प्रति मुठा ६ रुपैयाँमा बिक्रि गरेको बिष्ट बताउँछिन् ।

उनी जस्तै छिमेकी दुर्गाबहादुर थापाले पनि १ लाख रुपैयाँभन्दा बढीको साग बेचे । दुई साता पहिले असिनाले साग बालीमा सामान्य क्षति पुर्याए पनि अत्याधिक माग बढेकाले मनग्गे आम्दानी भएको उनको भनाई छ । किसान दलबहादुर थापाले पनि ५० हजारभन्दा बढीको साग बेचेको बताए । मझुवा गाउँबाट यस बर्ष हालसम्म कम्तीमा १० लाखको रायोको साग बिक्रि भइसकेको किसानले जानकारी दिए ।

छथर जोरपाटी–१ स्थित फलाटे गाउँबाटै यस बर्ष २५ लाख रुपैयाँको साग बिक्रि भएको छ । २५ घर रहेको उक्त गाउँका प्रायः बासिन्दा तरकारी खेतीमा निर्भर छन् । सागबाट मात्रै आसत प्रतिघर १ लाखभन्दा बढी आम्दानी हुने गरेको स्थानीय युवराज कार्कीले बताए । कार्कीले तीन रोपनी क्षेत्रफलमा रायोको साग लगाएका छन् । यसबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको उनले जानकारी दिए । – रमेशचन्द्र अधिकारीले लेखेको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!