
ताप्लेजुङ । फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।
घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट अन्नपात र लत्ताकपडालगायत सामान जलेर नष्ट भएको छ ।
नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुलेको छैन ।