संगालोखबर सम्वाददाता

विराटनगर । मोविल र इनामेल कालोबजारी गरेको आरोपमा विराटनगरबाट आज एक जना व्यापारी पक्राउ परेका छन् । कालोबजारीको अभियोगमा विराटनगर–११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिउँसो पौने १ बजे व्यापारी खेम्कालाई पक्राउ गरेको हो । खेम्काको गोदामबाट २ सय लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको मोविलसहितको ३ वटा ड्रम, १० लिटरको मोविलसहितको २ वटा बाल्टी, १ लिटरको मोविलसहितको १४ वटा बट्टा र २ सय लिटरको खाली ड्रम २४ वटा बरामद भएको छ ।

त्यस्तै, सर्वोको स्टीकर १ सय पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १ सय थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २ सय थान र एशियन पेन्ट लेखिएको इनामेल ५ सय लिटरको ७ बट्टा बरामद भएको छ ।

उनले विगत २० बर्षअघिदेखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वो कम्पनीको स्टीकर टाँसी विक्री बितरण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खेम्कालाई पक्राउ गरेर उनको कारोवारका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!