
संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकामा आज करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा करेन्ट लाग्दा धर्मदेबी–६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको मृत्यु भएको हो ।
बिहान साढे १० बजे घर नजिक खेल्ने क्रममा बिजुलीको पोलबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।