संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर र उदयपुरबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषधसहित उदयपुरबाट दुई जना र विराटनगरबाट एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–३ भुल्केका ३७ बर्षीय सहिद मियाँ, बेलका–७ का ४० बर्षीय हस्त बहादुर राई र लेटाङ–५ का २४ बर्षीय प्रदिप राई छन् ।

Advertisement

मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुलसहित पक्राउ गरिएको हो भने हस्त बहादुर ६९० ग्राम गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्रदिपलाई विराटनगर–१६ हुलास चौकबाट लागुऔषध एभिल–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल, डाईजोलयाप–१० एम्पुल, फेनारगन–९ एम्पुलसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका तीनै जनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!