संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको भोक्राहा नरसिङ–४ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा ईनरुवा नगरपालिका–८ डुम्राहाकी ६० बर्षीया खट्रो उराव छन् ।

Advertisement

बुधबार बेलुका करिव साढे ५ बजे स ४ प ५७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उराव घाइते भएकी थिइन् । जिल्ला अस्पताल ईनरुवामा उपचारका क्रममा  उनको मृत्यु भएको छ ।

मोटरसाइकल चालक सप्तरीको कैलाडी–६ का ५० बर्षीय शिव नारायण मण्डलसमेत घाईते भएका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालमा उनको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!