संगालोखबर सम्वाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित एक होटलबाट लागुऔषध अफिमसहित आज दुई जना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मनिपुरकी ३० बर्षीया लक्ष्मी क्षेत्री र दार्जिलिङकी ३८ बर्षीया गायत्री देवी क्षेत्री छन् ।

Advertisement

बिहान करिव ११ बजे अफिमको कारोबार भईरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त होटलको १०५ नम्बर कोेठामा रहेका उनीहरुको साथबाट प्लाष्टिकको जेब्राभित्र दुई वटा पोका बनाएर राखेका २ किलो अफिम बरामद भएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!