विराटनगर । मोरङको सुन्दरहरैंचा–५ मा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेव छन् ।
घरायसी विवादका क्रममा उनले ३३ वर्षीया श्रीमती सावित्री दाहाल ऋषिदेवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सावित्री आइतबार राती घरैमा मृत फेला परेकी थिइन् ।
उनको नाकबाट रगत बगेर शरीरका चोटपटक लागेको र निलडामसमेत देखिएकाले प्रहरीले बिष्णुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमतीको हत्या गरेको बिष्णुले स्वीकार गरेका छन् । आमाको मृत्यु भएको र बाबु पक्राउ परेपछि उनीहरुका दुई छोरीको विचल्ली भएको छ ।