संगालोखबर सम्वाददाता


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा अध्ययनरत छात्राहरुबीच वक्तृत्वकला प्रतियोगिता गरिएको छ । १११ औं नारी दिवसको अवसर पारेर गाउँपालिकाले ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ बिषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

गाउँपालिका क्षेत्र भित्रका विद्यालयहरुबाट आधारभूत र माध्यमिक तहमा विभाजन गरी फरक फरक प्रतियोगिता गरिएको गाउँपालिकाले जनाएको छ । आधारभूत विद्यालयतर्फ भएको प्रतियोगितामा सारदा माविका सुनिता शंकर प्रथम, पुण्य माविका सेसेमी चेम्जोङ्ग दोस्रो, संयुक्त माविका हिमा लिम्बू तेस्रो र मंगलादेवी माविका निवा याखा चौथो भएका छन् ।

Advertisement

त्यस्तै, माध्यमिक विद्यालयतर्फ गरिएको प्रतियोगितामा वुधुक माविका मनु जोगी प्रथम, सिंहदेवी माविका स्मृति राई दोस्रो, संयुक्त माविका मेनुका लिम्बु तेस्रो र सारदा माविका एसिका विश्वकर्मा चौथो भएका छन् । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी लगायतले पुरस्कृत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!