पत्रपत्रिका खबर

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति (भीआईपी) ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ ।

Advertisement

गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो । गृह मन्त्रालयको प्रस्तावमामन्त्रिपरिषद्ले केहीसमयअघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धीकार्यविधि २०७७पारित गरेको थियो ।

नयाँ स्वीकृत कार्यविधिअनुसार अब पूर्वराष्ट्रपतिले २१ जना, पूर्वप्रधानमन्त्रीले १८ जना, पूर्वराजाले १६, पूर्वउपराष्ट्रपतिले ११ र पूर्वगृहमन्त्रीले दुई जनासुरक्षाकर्मी राख्न पाउनेछन्भने पूर्वप्रधानन्यायाधीश र पूर्वप्रहरी महानीरीक्षकले पनिदुई जना सुरक्षाकर्मी राख्न पाउनेछन् ।

गृह प्रवक्ताचक्रबहादुर बुढाले नयाँ कार्यविधि कार्यान्वयनगर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जानकारी दिए । ‘पूर्वविशिष्ट व्यक्तिलाई कति सुरक्षाकर्मी आवश्यक छ र कति दिनुपर्ने भन्ने यकिन भइसकेको छ, यकिनभएको भन्दा बढी भएफिर्ता हुन्छ । त्यहीअनुसार सम्बन्धित निकायमा निर्देशन भइसकेको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।

नयाँ कार्यविधि पारित भएपछि नेपाल प्रहरी तर्फबाट पूर्वभीआईपीकोमा खटिँदै आएका ७७ जनाप्रहरी फिर्ता भइसकेका छन् । यसैगरी, सशस्त्रप्रहरी बलतर्फबाट ९१ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतकाअनुसार अझै दुवै प्रहरी संगठनबाट खटिएका ४ सय भन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने तयारी भइरहेको छ । तर, पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीतथा सुरक्षाकर्मीको दुरुपयोग गर्दै आइरहेका केही पूर्वमन्त्रीले प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरीका महानिरीक्षकसहित गृहमन्त्रालयका उच्च तहका कर्मचारीलार्इ सुरक्षाकर्मी यथावत् राख्ने गरी व्यवस्था मिलाइ दिनभन्दै दबाबदिँदै आइरहेका छन् । केहीले भने पत्र नै पठाएका छन् ।

‘पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीतथा सुरक्षाकर्मीको दुरुपयोग गर्दै आइरहेकाकेहीपूर्व मन्त्रीले सम्बन्धित निकायका उच्च तहका व्यक्तिलाई सुरक्षाकर्मी यथावत् राख्नेगरी व्यवस्था मिलाइदिन भन्दै दबाब दिइरहेका छन्, केहीबाट त पत्र नै आएको छ,’ एक उच्चअधिकारीले भने ।

हालपूर्व प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’को सुरक्षामा ६० जनाभन्दा बढी सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा ३० जना बढी सुरक्षाकर्मी खटिँदै आइरहेका छन् । यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामासमेत ठूलो संख्यामा कार्यविधिविपरीत सुरक्षाकर्मी राखिएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले १सय जना सुरक्षाकर्मी राख्दै आएका छन् । तर, नयाँकार्यविधिअनुसार उनलेसमेत १६ जना सुरक्षाकर्मी पाउनेछन् ।पूर्वराजाका स्वकीय सचिव सागरप्रसाद तिमल्सिनाले नयाँ कार्यविधि अनुसारका सुरक्षाकर्मीले अपुग हुने भन्दै पुर्नविचार गरि दिन बिहीबार मात्रै गृह मन्त्रालयमा पत्र नै पठाएका हुन् । पत्रमा हालकायम रहेका सुरक्षाकर्मी सशस्त्र प्रहरी तर्फबाट ९९ जना रहेको उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गत शुक्रबार बसेको सुरक्षा प्रमुखसहितको बैठकले कार्यविधि विपरीत हुने सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

नयाँ कार्यविधिअनुसार पूर्वराजा, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानन्यायाधीशलाई आजीवन, पूर्वगृहमन्त्रीलाई १० वर्षसम्म सुरक्षाकर्मी दिइने उल्लेख छ । यसैगरी, पूर्वप्रहरी महानिरीक्षकलाई समेत दुई जना सुरक्षाकर्मी आजीवन दिइने उल्लेख छ । – महेश्वर गौतमले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!