- पत्रपत्रिका खवर

गुल्मी । गुल्मीमा झारफुकको नाममा झाँक्रिले पन्युँले हानेर एक जनाको ज्यान गएको छ । झारफुक गर्ने क्रममा रेसुंगा नगरपालिका–१ का ३८ बर्षीय रामप्रसाद श्रेष्ठले तातो पन्युँले हानेर इस्मा गाउँपालिका–३ दर्लामचौरका ६३ बर्षीय रामबहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

रामबहादुर ढाड दुखेकाले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा धामीको घरमा आएका थिए । चार दिनसम्म उनलाई केहीपनि खान नदिई तातो फलामे डण्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुमबहादुरले बताए ।
बुधबार मुखिया अचेत भएपछि धामीले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनी प्रहरीमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा उनको घर पुगेको प्रहरीको समूहले धामीले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो ।

मृतकको शरीरको सबैजसो भागमा डाम छन् । धामी श्रेष्ठले रेसुंगा नगरपालिका–५ भुवनपानीकी ४० बर्षीया टोपला दमाईलाई पुस २४ गते आफनै घरमा बोलाएर र मृतकका छोरा ३४ बर्षीय हुमबहादुरलाई पनि तातो पन्युँले हानेर घाइते बनाएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने शवको पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न रामप्रसाद र उनकी श्रीमती ३६ बर्षीया शान्ति श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।-हुमाकान्त पोखरेलले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!