- चिन्तन तामाङ्ग

हिलेका स्थायी बासिन्दा ५१ बर्षीय चिन्तन तामाङ्ग धनकुटाको राजनीतिमा स्वच्छ छवि र शालिन ब्यक्तिका रुपमा चिनिन्छन । २०३८ सालदेखि बिद्यार्थी राजनीति हुँदै पार्टीगत राजनीति सुरु गरेका तामाङ्ग दुई पटक नगर अध्यक्ष हुँदै अहिले एमाले धनकुटाको सचिवालय सदस्य छन ।

९ कक्षाबाट बिद्यार्थी राजनीति सुरु गरेका तामाङ्गले धनकुटा बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन पुरा गरेका छन । जनजाति महासंघको पूर्व अध्यक्ष हुँदै हाल हिले मावि र हिले क्याम्पसको अध्यक्षसमेत रहेका तामाङ्गलाई एमालेले धनकुटा नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा अघि सारेको छ । चुनावको बिषयमा मेयरका उम्मेदवार तामाङ्गसँग संगालोखबरका प्रतिनिधिले गरेको कुराकानी :-

चुनावी गतिबिधि कस्तो छ अहिले ?
– हामी धनकुटा नगरवासी सवै जनतासँग भेटघाटका लागि टोल–टोल र घर–घरमा पुगिरहेका छौ । समुह–समुुुुहमा छलफल पनि चलाएर हाम्रा कुराहरु मतदातासँग राखिरहेका छौ ।

धनकुटा नगरका १० वटै वडामा व्यापक रुपमा हामीले अभियान जारी राखेका छौ । अहिलेसम्म हामीले ९० प्रतिसत चुनावी गतिबिधी पुरा गरिसकेका छौ । अझै पनि हाम्रो अभियान नगरक्षेत्रभर ब्यापक रुपमा चलिरहेको छ ।

Advertisement

तपाईका चुनावी एजेण्डाहरु के–के छन ?
– धनकुटा नगरक्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक आठपहरिया जातिलाई लक्षित गरी हामीले उनीहरुको जिवनस्तर उकास्नका निमित्त हरेक खरको छानो भएका घरलाई टिनको छानो लगाउँने छौ । आठपरिया जाति एक ऐतिहाँसिक जाति भएको हुनाले उनीहरुको भाषा, संस्कृति, रहनसहन लगायतको बिकासमा टेवा पुर्याउँने उद्धेश्यले आठपरिया संग्राहलय वनाउने छौ ।

पर्यटनको बिकासका लागि चुलीवनमा भ्यू टावर बनाईनेछ । धनकुटाको निजामति आवासिय बिद्यालयलाई ब्यावस्थित गरिने छ । बिद्यार्थी न्यून हुँदै गएको धनकुटा बहुमुखी क्याम्पसलाई ब्यवस्थित र समय अनुकुल परिमार्जित गरी बिद्यार्थीको आकर्षण बढाएर पहिलेकै अवस्थामा फर्काइनेछ । धनकुटा नगरलाई हरियालीयुक्त नगर बनाउँनका लागि विशेष योजना तयार गरिनेछ ।

नगरका बिभिन्न स्थानमा पर्यटकलाई लक्षित गरी फुलबारी र पार्क निर्माण गर्नेछौ । मसहित एमालेको प्यानर बिजयी भएपछि धनकुटा नगर एउटा नमुना र हेर्न लायक पर्यटकीय नगर बनाउँने हाम्रो योजना छ ।

मतदाताले तपाईलाई नै भोट दिनुपर्ने आधारहरु के–के हुन ?
– धनकुटा नगरबासीले आफ्नो क्षेत्रको बिकासका लागि पनि मलाई मत दिनुहुनेछ । सवै भन्दा राम्रो पार्टी, जनताको प्रिय पार्टी र काम गरेर देखाउँने पार्टीको उम्मेदवार भएकाले पनि जनताको अत्याधिक मत पाउँनेछु । विशेषत ग्रामिण क्षेत्रले भरिएको नगरपालिका भएकाले यहाँका जनता किसान, सर्वहारा र मजदुर बर्ग धेरै हुनुहुन्छ ।

नेकपा एमालेले यी सवै को प्रतिनिधित्व गर्ने भएकोले पनि मलाई भोट दिनुहुनेछ । अमुल्य मत गलत ब्यक्तिलाई पर्यो भने धनकुटा नगरको बिकास ओझोल पर्ने भएकाले नगरको बिकास गर्ने बाटो खुल्ला गर्नका लागि मतदाताको अमुल्य भोट मलाईनै प्राप्त हुने अपेक्षा गरेको छु ।

तपाईको मुख्य प्रतिस्प्रधी कसलाई देख्नु भएको छ ?
– मेयरमा उम्मेदवारी दिने त धेरै हुनुहुन्छ । तर, एमालेले उठाएको उम्मेदवारसँग प्रतिस्प्रधामा अहिले कुनै पार्टीका उम्मेदवार पनि छैनन् । दुई हजार भन्दा बढी मतले जित्ने हाम्रो आधार तय भईसकेको छ ।

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
– एमालेका उम्मेदवारलाई बिजयको माला पहिराउँनका लागि मतदाता आतुर हुनुहुन्छ । उहाँहरु सुर्य चिन्हमा मतदान गर्न आतुर भएर असार १४ गतेको तिव्र प्रतिक्षामा रहेको हामीले पाएका छौ ।

चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? जित्ने आधारहरु के–के छन ?
– चुनाव जित्छु भन्नेमा पूर्ण रुपमा बिश्वस्त छु । यसमा कुनै संका नै छैन । हामीले सत प्रतिसत चुनाव जित्ने निश्चित भईसकेको छ ।

तपाईले ब्यक्त गर्नुभएका प्रतिबद्धता अनरुप काम हुन्छ भनेर मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ ?
– नेकपा एमाले काम गरेर देखाउने पार्टी हो । हामीले काम गरेर देखाएका यसअघिका उदाहरण पनि धेरै छन । यसैलाई आधार मानेर पनि मतदाता विश्वस्त हुनभए हुन्छ । हामी जे बोल्छौ, त्यो गरेर देखाउँछौ । अवसर दिने जिम्मा मतदातामा छ ।

तपाई बिजयी हुनुभयो भने ५ बर्ष पछि धनकुटा नगरपालिका कस्तो हुनेछ ?
– धनकुटा नगरपालिकालाई साँच्चिकै नगरपालिका जस्तो बनाउँने छौ । नगरपालिका मात्र नभएर उदाहरणीय नगरपालिकाको रुपमा धनकुटा नगरपालिका स्थापित हुनेछ । यो एक नमुना पर्यटकीय नगर र समृद्ध नगरबासी हुनुहुनेछ ।

अन्त्यमा मतदातालाई केहि भन्न चाहनुहुन्छ ?
– २० वर्ष पछि आएको मतदान गर्ने अवसरलाई सहि तरिकाले सदुपयोग गर्नुहोस् । किनकी, तपाईले दिएको आजको यो एक भोट सहि ठाउँमा पर्दा भोलीको नगरको उज्वल भविश्य निर्माण हुनसक्छ ।

त्यही मत गलत ब्यक्तिमा पर्यो भने पछुताउँने स्थिती सृजना हुन्छ । त्यसैले सहि मान्छे, सहि पार्टी चिनेर सुर्य चिन्हमा मतदान गर्न सवै मतदातालाई अपिल गर्न चाहन्छु ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!