मानिसको जीवनमा खानेकुराभन्दा बढी पानी आवश्यक हुन्छ । पानीविना बाँच्न असम्भव छ । त्यसैले पानी जीवन हो । शरीरका महत्वपूर्ण अगंहरू पानीले बनेका हुन्छन् । रगत, मासंपेशी, हड्डी आदि सबैमा पानी आवश्यक पर्दछ । स्वास्थ्य विशेषज्ञका अनुसार मानिसको शरीरमा पानीको मात्रा सन्तुलित राख्न दैनिक आठ गिलास पानी पिउनुपर्छ ।

Advertisement

विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनुपर्छ । पानीको कमी हुँदा किड्नीको समस्या, पिसाबको संक्रमण हुने गर्दछ । पानीको कमीले निम्न समस्याहरू देखा पर्दछ :

कब्जियत  :शरीरमा पर्याप्त पानी नभएमा कब्जियतको समस्या देखा पर्दछ ।

पेटको अल्सर : शरीरमा पानीको कमी हुँदा पाचन प्रक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर हुन जान्छ ।

प्राचन प्रणालीमा समस्या हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउन र पाचन प्रणालीलाई सफा बनाउन पानीको आवश्यकता पर्दछ । पानीको अभावमा पाचन प्रक्रिया असहज हुन्छ ।

जोर्नी दुख्छ: शरीरमा पर्याप्त पानीको मात्रा नभएमा शरीर पोल्ने र जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीमा लगभग ८० प्रतिशत पानी रहेको हुन्छ ।

डिहाइड्रेसन: पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले अरू समस्या पनि उत्पन्न गराउँछ ।

मुटुको धडकन बढ्छ :जब शरीरमा पानीको अभाव हुन्छ तब शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुने गर्दछ । पानीको कमीले मुटुको चाल असामान्य बनाउँछ ।

शरीरको तापक्रम वृद्धि: पानीको कमी हुँदा हाम्रो शरीरमा तापक्रम बढ्छ । शरीरलाई चिसो बनाउनका लागि पनि पानी पिउनुपर्छ ।

आँखा धमिलो हुन्छ :शरीरमा पानीको अभाव भएमा कुनै पनि तन्तु तथा कोषले पानी पाउँदैनन् । त्यसकारण शरीरलाई आलस्य, कमजोर हुनुका साथै आँखा पनि धमिलो हुन्ने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!