ईश्वर थापा/संगालोखबर

धनकुटा, १२ असार । धनकुटाको राजारानीमा सञ्चालित प्रदेश स्तरीय प्रथम सगरमाथा कप भलिवल प्रतियोगिताको उपाधी सुनसरीले जितेको छ । मंगलवार भएको फाइनल खेलमा ओखलढुंगालाई २५–१६, २५–२३, २५–२७, १९–२५ र १५–९ को सेटमा पराजित गर्दै सुनसरीले उपाधी जितेको हो ।

उपाधीसँगै सुनसरीले नगद ५० हजारसहित ट्रफी हात पारेको छ भने उपविजेता ओखलढुंगाले ३० हजारसहित फष्ट रनरअप ट्रफीमा चित्त बुझाएको छ ।

Advertisement

त्यस्तै ताप्लेजुङलाई पराजित गर्दै तेस्रो भएको भोजपुरले नगद २० हजार रुपैयासहित सेकेण्ड रनरअप ट्रफी पाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भोजपुरका सञ्जीव कट्टेल, वेष्ट स्पाइकर सुनसरीका विवश लिम्बू, वेष्ट सटर भोजपुरका दमन उदास, वेष्ट डिफेन्स ओखलढुंगाका दिलीप राई, वेष्ट सर्वर ओखलढुंगाकै सञ्जय बुढाथोकी र वेष्ट व्लकर सुनसरीका सुरज चौधरी घोषित भए ।

नकआउट चरणमा भएको प्रतियोगितामा प्रदेश १ का ९ जिल्लाले सहभागिता जनाएका थिए ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजना र चौविसे गाउँपालिकाको सह आयोजनामा भएको प्रतियोगिताको व्यवस्थापन पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले गर्नुका साथै रारा क्लव चौविसे राजारानीले समन्वय गरेको थियो ।

खेल मैदान बनाउँन बजेट : मन्त्री घिमिरे

प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका १४ वटै जिल्लामा प्रदेश स्तरिय र १३७ स्थानीय तहमा जिल्ला स्तरिय खेल मैदान बनाउन बजेट विनीयोजन गरिसकेको जानकारी दिएका छन् ।

यो पटक बजेट कम भएपनि आगामी वर्ष थप गरिने बताउँदै मन्त्री घिमिरेले खेलकुदलाई संरक्षण, प्रोत्साहन र नियमनको लागि प्रदेश सरकारले खेलकुद ऐनको तयारी गरिरहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!