झापा, १२ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख. ७५०९ नंको बसले को. ९ प. ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन ।

सोही मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका–४ निवासी १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको उक्त कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!