काठमाडौँ, १२ असार । जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ । भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपालिका– ९ स्थित बालमन्दिर भवनमा सञ्चालन गरिएको हो ।

Advertisement

यही जेठबाट शुरु गरिएको विद्यालयमा एक दरबन्दीका शिक्षक र पाँच विद्यार्थी अध्ययनरत छन् । विद्यालय स्थापना र सञ्चालनार्थ विभिन्न स्थानीय निकायबाट सहयोग संकलन भएको संघका अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।

नेपाल सरकारबाट यो आर्थिक वर्षका लागि सांकेतिक भाषाका एक शिक्षक राखिएको छ । पन्ध्र विद्यार्थीको कोटा भए पनि विद्यार्थी आउनेक्रम जारी रहेकाले थप एक शिक्षक र एक कर्मचारी आवश्यक पर्ने उनले बताए ।

उक्त विद्यालय स्थानीय सरकारका भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आलेले आज (मंगलबार) यहाँ आयोजित कार्यक्रममा शुभारम्भ गरेका हुन्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!