काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् ।

Advertisement

प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । निजी आवास निर्माण कार्यविधिअनुसारको तीनै किस्ता जम्मा चार सय २० घरपरिवारले बुझेका हुन् । चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि एक खर्ब आठ अर्ब विनियोजन भएको छ ।

आवास निर्माणका लागि तीन किस्तामा तीन लाख रुपैयाँ दिने प्राधिकरणको कार्यविधि छ । घरको जगका लागि पहिलो किस्ता ५० हजार, घरको गारो लगाएपछि दोस्रो किस्ताको एक लाख ५० हजार र छाना लगाउन अन्तिम किस्ताको एक लाख रुपैयाँ दिने कार्यविधि छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले तेस्रो किस्ता बुझ्ने कम भए पनि निराशालाग्दो अवस्था नरहेको दाबी गरे । पहिलो र दोस्रो किस्ताको रकम धेरै निकासा भएकाले खर्च विवरण धेरै देखिएको प्राधिकरणले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लाका ५ लाख ४२ हजार ५ सय ४५ परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ लगेको प्राधिकरणको विवरण छ । पहिलो किस्तामा २७ अर्ब १२ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । प्राधिकरणबाट २६ अर्ब ७० करोड २६ लाख ५० हजार र गैरसरकारी संस्थाबाट ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको थियो । नयाँ पत्रिका

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!