काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ ।

Advertisement

पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् ।

पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!