काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गोरखाको लाप्राकमा नमूना बस्ती निर्माण गर्न गैरआवासीय नेपाली सङ्घलाई स्वीकृति दिएको छ ।

प्राधिकरण अन्तर्गतको भूकम्पप्रतिरोधी निजी आवास मापदण्ड निर्धारण समितिको बिहीबारको बैठकले भूकम्पप्रतिरोधी घरको नक्साको डिजाइन थप परिमार्जन गर्ने सर्तमा सङ्घलाई नमूना बस्ती निर्माण गर्न स्वीकृति दिएको हो ।

Advertisement

प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली संयोजकत्वको समितिले लाप्राकमा बन्ने करिब ६०० नमुना घरका लागि भूकम्पप्रतिरोधी डिजाइनमा केही परिमार्जन गरी पेस गर्ने सर्तमा बस्ती निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको हो ।

गैरआवासीय नेपाली सङ्घले गोरखाको लाप्राकमा भूकम्पपीडितका लागि ६०० नमूना घर बनाउने घोषणा गरेको थियो । करिब ३५ करोड रुपियाँको लागत अनुमान गरिएको लाप्राक नमुना बस्ती आगामी असोजसम्म निर्माण सम्पन्न गरिसक्ने सङ्घको योजना छ ।

यसैबीच प्राधिकरणको वेबसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ । वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यूडट एनआरए डट जीओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ छ ।

यो सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!