रामपुर, २६ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा एक लाख ८१ हजार २४६ मतदाता सहभागी हुँदैछन् ।

Advertisement

ती मध्ये ९४ हजार ८२९ महिला, ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा एक लाख ६२ हजार २५५ मतदाताले नाम दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय, पाल्पाले गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरेको तस्वीरसहितको मतदाता नामावली संकलनबाट जिल्लामा २० हजार ८११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने नाम दर्ता गराएकामध्ये १८ हजार ९९१ जनाले मात्र आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!