संगालोखबर

विराटनगर । जुवा खेल्दै गरेको अवस्थामा मोरङको सुनवर्षी नगरपालिका-९ भेडवाथानबाट आज साँझ चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साँझ करिब ५ः३० बजे जुवाको खालमा छापा हानेर प्रहरीले जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका-९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशी, सोही स्थानका ४७ वर्षीय सुरेशप्रसाद शाह, सुनवर्षी ६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपालिका-७ का ४६ वर्षीय उमेश पौदार छन् ।

भेडवाथानस्थित कहरसिंह राजवंशीको घरको कोठामा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली पुगेको थियो । जुवा खेलिरहेको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार जुवाको खालबाट खेल्दै गरेको एक वुङ ताससहित १ लाख ८२ हजार नगद बरामद भएको छ । नखोलिएको तीन बुङ तास पनि फेला परेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!