काठमाडौँ ।महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

Advertisement

निकुञ्जसँग जोडिएको सो ठाउँमा करिब दुईहजार रोपनी क्षेत्रमा गाँजा खेती गरिएको उहाँले बताउनुभयो । बाँकी एक हजार ३०० रोपनी क्षेत्रफलको गाँजा पनि यसै हप्ता नष्ट गर्ने तयारी भएको वृत्तले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!