रबिन कटेल

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी सोमबार बिदा भएका छन् । कार्कीको विदाइका लागि मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो ।

Advertisement

मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । जनताले दिएको म्यान्डेडअनुसार सकेसम्म राम्रो काम गर्ने प्रयास गरेको उनले बताए । विदाई कार्यक्रममा मन्त्री कार्कीले पनि कर्मचारीहरुलाई मायाको चिनो प्रदान गर्दै मन्त्रालयबाट विदा भए ।

त्यस क्रममा आफू चढ्दै गरेको गाडी मन्त्रालयमै जिम्मा लगाए अनि आफ्ना स्वकीय सचिव दिवश राजवंशीलाई मोटरसाइकल ‘स्टार्ट’ गर्न आग्रह गरे । मन्त्रालयका कर्मचारीले सवारीमै बसेर जान आग्रह गरेका थिए । तर, कार्कीले मानेनन् । अनि राजवंशीलाई भने जाऊ अब । त्यसपछि मोटसाइकल पछाडि बसेर कार्की मन्त्रालयबाट विदा भए ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सोमबार नै मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथग्रहण पछि उनले नयाँ मन्त्रिमण्डल बनाउँनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement