रबिन कटेल

धनकुटा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विहीबार धनकुटा नगरपालिका–९ मूलघाटस्थित बिश्रान्ती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रोटरी क्लब अफ विराटनगरको सहयोगमा नोबेलले एकदिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा नोबेलका स्त्रीरोग विशेषज्ञ प्रा.डा.सिता घिमिरेसहित विशेषज्ञ डाक्टरहरूको टोलीले ३ सय २० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा १ सय १२ जनाको भिडियो एक्सरे, ८५ जनाको इसीजी र १ सय २ जनाको रक्त परीक्षण गरिएको छ । त्यस्तै, दाँतको समस्या भएका २२ जनाको दाँत फुकालिएको छ ।

विश्रान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धा र स्थानीयबासीले शिविरमा स्वास्थ्य परीक्षण गराएका थिए । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement