संगालोखबर सम्वाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–२ स्थित बाङ्गे खोला नजिक सडक छेउमा रोकेर राखेको स्काभेटरमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिशंखुगढी–१ का २९ वर्षीय तुलसी राज अधिकारी छन् ।

Advertisement

सडक छेउमा रोकेर राखेको अवस्थामा सृजनशील कन्स्ट्रक्सन प्रा.लि.को बा.३ ख ४३०६ नम्बरको स्काभेटर कार्तिक १४ गते राती आगजनि भएको थियो । आगजनिबाट स्काभेटर पूर्णरुपमा जलेको थियो ।

घटनाको जानकारी पाएपछि खटिएको प्रहरी चौकी खानीभञ्ज्याङ र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोलीले स्काभेटरमा आगजनी गर्ने अधिकारीलाई चिशंखुगढी–१ सुर्केटारबाट आज पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!