सम्झौता अवधि सकिँदा बनेन पुल

सम्झौता अवधि सकिँदा बनेन पुल
काठमाडौँ, २७ पुस । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण हुने भनिएको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सकिएको छैन । यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा र धाबीखोला पुलको निर्माण अवधि गतवर्ष पुसमा सकिएको हो । तर दुबै पुलको काम नसकिएको मात्रै होइन, बाँकी कामले पनि अझै गति लिन सकेको छैन । डिजाइनमा लामो समय लाग्नु र खानेपानी, बिजु...

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने
काठमाडौँ, २७ पुस । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने न...

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार कायम राख्ने चुनौती

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार कायम राख्ने चुनौती
काठमाडौँ, २७ पुस । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ । भण्डार क्षमता विस्तारक...

सनराइज बैंकको छ प्रादेशिक कार्यालय

सनराइज बैंकको छ प्रादेशिक कार्यालय
काठमाडौँ, २७ पुस । सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ । प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहे...

तेह्रथुमका दुग्धउत्पादक किसानलाई समस्यै समस्या

तेह्रथुमका दुग्धउत्पादक किसानलाई समस्यै समस्या
तेह्रथुम, २७ पुस ।  तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ ।दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको छैन । उहाँलाई गोठभरि एक दर्जन गा...

दाङमा पनि छुर्पी उत्पादन शुरु

दाङमा पनि छुर्पी उत्पादन शुरु
लमही, २७ पुस । दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताउनुभयो । “बजारमा धेरै माग छ”, उह...

कुखुरामा रानीखेत रोगको प्रकोप

कुखुरामा रानीखेत रोगको प्रकोप
डोटी, २७ पुस । कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखौँको क्षति भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो । कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फ...

सहकारीमा तीन खर्ब दुई अर्ब बचत

सहकारीमा तीन खर्ब दुई अर्ब बचत
काठमाडौँ, २७ पुस । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताउनुभयो । विभिन्न २० प्रकारका सहकारीहर...

झापामा एशियाली पर्यटन महोत्सव हुँदै

झापामा एशियाली पर्यटन महोत्सव हुँदै
भद्रपुर, २७ पुस । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताउनुभयो । ने...

निगम प्रतिस्पर्धी नबने, निजी क्षेत्र अपरिहार्य

निगम प्रतिस्पर्धी नबने, निजी क्षेत्र अपरिहार्य
काठमाडौँ, २६ पुस । सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगमलाई प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत त्यस्तो अनुमति दिने चेतावनी दिएको छ । निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) चन्द्रकुमार घिमिरेले निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्व...
error: Content is protected !!