मंगलबार, चैत्र २०, २०७४
काठमाडौं, २० चैत । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ।
नर्सिङ शिक्षण स...