बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

बागलुङ, १६ माघ ।  धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ । प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए । स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरल...
सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

काठमाडौं, १६ माघ। प्रहरीले उपत्यकाका पाँच अस्पतालमा छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबार छापा मारी अस्पताल सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ गरेको छ । प्रहरीले ठमेलस्थित एपोलो क्लिनिक, बौद्धको चाइना ग्रेटवाल अस्पताल, चाइना पिपुल अस्पताल, चाइना डेन्टल अस्पताल र सिविकमा छापा मारेको हो । चाइना ग्रेटवाल,...
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

बैतडी, १६ माघ।  प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३/७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार/चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन/तीन जनाले उपचार गराइरहे...
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

डडेल्धुरा, १५ माघ।  उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् । अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर न...
वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

काठमाडौँ, १४ माघ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे । स्वास्थ्य से...
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम ...
काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

काबुल, १३ माघ। अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा प...
क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

कञ्चनपुर, १४ माघ। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहाद...
आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

फलेवास, पर्वत, १४ माघ।  विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । प...
प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा बिपी स्मृति अस्पतालको नयाँ भवन उद्घाटन

काठमाडौँ, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बसुन्धरास्थित बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । अस्पतालको १०औँ वार्षिक साधारणसभाको अवसरमा प्रधानमन्त्री देउवाले आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्या, १७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न अस्पतालको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ...