सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन
काठमाडौ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ । समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बंैक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जना...

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह
काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताउनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद हो भन्नुभयो । उहाँले भन्नुभयो – “काठमाडौँ काँग्रेसले निर्वाचन ह...

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता
रुकुम। आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ । ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो । साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान...

आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस
लहान । स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, न...

लेगुवामा एमालेको चुनावी सभा, कांग्रेस र राप्रपाबाट २७ जना एमालेमा प्रवेश

लेगुवामा एमालेको चुनावी सभा, कांग्रेस र राप्रपाबाट २७ जना एमालेमा प्रवेश
धनकुटा। नेकपा एमालेले धनकुटाको महालक्ष्मी नगरपालिका–५ सालघारीमा आईतबार चुनावी सभा गरेको छ । सभामा एमाले नेता इन्द्रमणी पराजुली, एमालेका तर्फबाट महालक्ष्मी नगरका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदवार मञ्जु अधिकारी, ५ नम्बर वडाध्यक्षका उम्मेदवार शिव तुम्वा लगायतले संबोधन गरेका छन । सभालाई संबोधन गर्दै एमाले नेताहरुले चुनावका वेला मिठा कुरा गर्ने पार्टीहरुको पछि नलागी गाउँको विकास गर्...

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम
काठमाडौ। सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ । न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मङ्गलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । न्या...

धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
महेन्द्रनगर (धनुषा) । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य दलहरुमा प्रमुखका आकाङ्क्षी बढी देखिए पनि पार्टीले अझैसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यता राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएको छ । अर्कोतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने उम्मेदवार छान्ने कसरतमा लागे पनि आकाङ्क्षी बढी भ...

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन
काठमाडौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ । ...

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने
काठमाडौ । सरकारले आगामी असार २४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्...

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
इटहरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणासहित नामावली सार्वजनिक गरेको हो । दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर र...
error: Content is protected !!