एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा राई

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा राई

धनकुटा, १५ माघ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धनकुटाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट भीमबहादुर राई अध्यक्षमा निर्वाचित भएका छन् । दुई बर्षे कार्यकालका लागि राईको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद इवाहाङ, महिला उपाध्यक्षमा तारा रोइला, उपाध्यक्षमा रोम वाजिम्पाक र चन्द्र एवाई राई, सचिवमा टेकमणि पौ...
सुनसरीमा बन्दै छ ७ सय करोडको ‘सिजी इन्डस्ट्रियल पार्क’

सुनसरीमा बन्दै छ ७ सय करोडको ‘सिजी इन्डस्ट्रियल पार्क’

काठमाडौं, १५ माघ। उद्योगपति विनोद चौधरीले सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा ‘सिजी इन्डस्ट्रियल पार्क’ निर्माण गर्ने भएको छ । चौधरी ग्रुपका सञ्चालक रहेका चौधरीले ७ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागेको पार्कको शिलान्यास आइतबार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री भीम आचार्य र उद्योगपति चौधरीले संयुक्त रूपमा गरे...
महालक्ष्मीमा नयाँ नियमः शिक्षा क्षेत्रका सवै काम अव नगरपालिकाले गर्ने

महालक्ष्मीमा नयाँ नियमः शिक्षा क्षेत्रका सवै काम अव नगरपालिकाले गर्ने

धनकुटा, १४ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रमा अव शिक्षा सम्बन्धि सवै काम नगरपालिकाले गर्ने भएको छ । महालक्ष्मी नगर कार्य समितिको बैठकले नगर क्षेत्रमा शिक्षा सम्बन्धि सवै काम गर्ने गरी शिक्षा कार्यबिधि पारित गरेको हो । संबैधानिक ब्यवस्था अनरुप नगरपालिकाले शिक्षा कार्यबिधि पारित गरेको मेयर पर्शुराम नेपालले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका बिद्यालयमा अस्थायी तथा करार ...
८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

खोटाङ, १४ माघ। खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। गत माघ १० गते मध्यान्ह हर...
आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम, १४ माघ।  जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापु...
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । रकम ...
गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

गाईवस्तुका लागि पनि चक्लेट उत्पादन

विराटनगर, १४ माघ। मानिसले रुचाउने चक्लेट अब गाईवस्तुका लागि पनि उत्पादन हुन थालेको छ। मोरङको एक उद्योगले गाईवस्तुको दानाका रूपमा चक्लेटउत्पादन गरेको हो। विशेष गरी यो चक्लेट दूध दिने गाईवस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ। बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपूर्ति गर्न आधुनिक दानाका रूपमा गाईवस्तुले खाने चक्लेट उत्पादन गर्न थालिएको हो। मोरङको झोराहाटस्थित कृष्ण दाना उद्योगले के...
जंगली हात्तीबाट झापावासी आक्रान्त

जंगली हात्तीबाट झापावासी आक्रान्त

भद्रपुर, १४ माघ ।  खेती उठाउँदा जति खुशी हुन्छन् दक्षिण झापाका किसान घरमा राखेको अन्न बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली केही वर्षयता हात्तीको आहारा बन्न थालेपछि पूर्वी दक्षिण झापाका किसान अन्न बाली जोगाउन हात्तीको आक्रमणबाट जोगिन माग गर्दै आएका छन् । भारतको आसाम राज्यबाट काँकरभिट्टास्थित मेची नदी किनारा हुँदै स–सना झुण्डका रुपमा ...
प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

प्राविधिक शिक्षाबाट रोजगारी पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ, १४ माघ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने...
सांसद श्रेष्ठलाई माओवादीले दियो बधाई

सांसद श्रेष्ठलाई माओवादीले दियो बधाई

धनकुटा, १३ माघ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुसुम कुमारी श्रेष्ठलाई पार्टीको तर्फबाट शनिवार धनकुटामा बधाई ज्ञापन गरिएको छ । माओवादी केन्द्र धनकुटाले शुरभी होटलमा कार्यक्रम गरी नव निर्वाचित सांसद श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उनलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले बताए । सम्मानित भएपछि ब...