तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड
काठमाडौं, १२ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस पार्दै गर्दा सबैैको अनुमान थियो, यस वर्ष धानको उत्पादन ह्वात्तै घटेर चामलमा परनिर्भरता बढ्छ । कतिपयले त आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत नगरेका होइनन् ।
धान भित्र्याउने समयमा भने तराईले ‘सरप्राइज’ नै दिएको छ ।
विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारीहरु तीनछक छन् । गत वर्ष कत्ति पनि उत...