पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन, आजदेखि पुरानै मूल्य कायम हुने
काठमाडौं, १६ कात्तिक । निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ । नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिए...

इटहरीमा दुई करोडको लगानीमा खुल्यो एचएफसी रेस्टुरेन्ट

इटहरीमा दुई करोडको लगानीमा खुल्यो एचएफसी रेस्टुरेन्ट
इटहरी, १५ कात्तिक । इटहरीमा करिव दुई करोडको लगानीमा एचएफसी रेस्टुरेन्ट सञ्चालन भएको छ । काठमाण्डौमा थ्रीसी हस्पिटालिटिले सञ्चालन गर्दै आएको एचएफसी रेस्टुरेन्टले पूर्वमा पहिलो पटक इटहरीको पश्चिम रोड स्थित सुर्य कम्प्लेक्सको तल्लो तलामा शाखा बिस्तार गरेको हो । स्वादका पारखीहरुलाई लक्षित गरी सञ्चालन गरिएको रेस्टुरेन्टमा बिभिन्न परिकारका चिकन, बर्गर लगायत भेज तथा ननभेज परिकारहरू उपलब्ध हुँने रेस्ट...

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री

मुस्ताङमा ४२ करोडको स्याउ बिक्री
पोखरा, १५ कात्तिक । मुस्ताङका कृषकले यस वर्ष रु ४२ करोडको स्याउ बिक्री गरेका छन्। काठमाडौं पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए। थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए। मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १०० रुपैयाँ तोकिएको थियो। स...

पार्टीको झोला बिसाएर खेतिपाती थालेको १५ वर्षमै करोडपति

पार्टीको झोला बिसाएर खेतिपाती थालेको १५ वर्षमै करोडपति
कम्युनिस्ट बन्नुपर्छ । हामीजस्ताले वर्गीय राजनीति गर्ने हो । वर्गीय राजनीति गर्नेले घर छाड्नुपर्छ । जेल जानुपर्छ । उनलाई राजनीतिको मूलबाटोमा डोर्याउनेहरू यसै भन्थे । ‘हो जस्तो लाग्यो,’ उनले अतीत सम्झे, ‘चार कक्षामा पढ्दै थिएँ । छाडेर वर्गीय राजनीतिमा लागें ।’ वर्गीय राजनीति गर्न हौस्याउनेहरूले भनेका कुरा उनले व्यवहारमा उतारे । पहिले पढाइ छाडे । त्यसपछि घरबार त्यागे । पढाइ र घरबार त्याग्दा उनलाई...

स्विफ्ट ह्याक प्रकरण: ३९ करोड सात लाख फिर्ता

स्विफ्ट ह्याक प्रकरण: ३९ करोड सात लाख फिर्ता
काठमाडौं, १४ कात्तिक । स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम फिर्ता पाउन एनआईसी एसिया बैंक सफल भएको छ। ह्याकरले स्विफ्ट ह्याक गरी ४६ करोड ५७ लाख रुपैयाँ चोर्न खोजेकोमा सात करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी छ। ह्याकरले जापान, अमेरिका, हङकङ, इङ्ल्यान्ड, जर्मनी र टर्कीमा रकम भुक्तानीको अर्डर गरेका थिए । राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनअनुसार जम्मा ३८ वटा भुक्तानीको अर्डर गर...

बेमौसमी काँक्रो बजारमा

बेमौसमी काँक्रो बजारमा
पोखरा , १२ कात्तिक । क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर बजारमा ल्याएका छन् । पोखरालेखनाथ महानगरपालिका– १४ चाउथेका किसान केबल गौतमले अत्याधुनिक प्रविधि हाइ–टेक (हरितगृह) भित्र बेमौसमी काँक्रो फलाएर यसै हप्ताबाट पोखरा बजारमा ल्याउनुभएको हो । कृषि विकास मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुन...

वर्षा र हुस्सुले चियामा असर

वर्षा र हुस्सुले चियामा असर
इलाम, १२ कात्तिक । सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्। यो वर्ष पहाडी क्षेत्रको चियालाई आवश्यकभन्दा बढी पानी परेकाले सबैजसो बगान र उद्योगमा चिया उत्पादन घटेको व्यवसायीले बताए । अघिल्ला वर्षहरूमा हिउँदमा सिँचाइ अभाव र चैत–वैशाखमा खडेरी ...

तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड

तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड
काठमाडौं, १२ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस पार्दै गर्दा सबैैको अनुमान थियो, यस वर्ष धानको उत्पादन ह्वात्तै घटेर चामलमा परनिर्भरता बढ्छ । कतिपयले त आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत नगरेका होइनन् । धान भित्र्याउने समयमा भने तराईले ‘सरप्राइज’ नै दिएको छ । विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारीहरु तीनछक छन् । गत वर्ष कत्ति पनि उत...

विद्यालयलाई २२ लाख सहयोग

विद्यालयलाई २२ लाख सहयोग
बागलुङ, १२ कात्तिक । बागलुङको गलकोटमा रहेको जनजागृति माध्यामिक विद्यालय स्तरोन्नतीका लागि जापानमा बसोबास गर्दै आएका गलकोटेहरुले २२ लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालयको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नति र प्रगतिका निम्ति जापानमा रहेका स्थानीयहरुबाट २२ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए । वि.सं २०१४ सालमा स्थापना भएको वि...

धनकुटामा असिनाले पाक्न लागेको धानबाली नष्ट

धनकुटामा असिनाले पाक्न लागेको धानबाली नष्ट
धनकुटा, ११ कात्तिक । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा शनिवार अपरान्ह परेको भीषण असिनापानीले सयौं रोपनी क्षेत्रफलमा लगाईएको पाक्न लागेको धानबाली नष्ट गरेको छ । महालक्ष्मी नगरपालिका–२ स्थित छ्यालुङ्, लावेक, पुवारगाउ‘, नेवारगाउ‘ लगायत क्षेत्रमा लगाइएको धानबाली असिनाले नष्ट गरेको स्थानीय डम्बर कटुवालले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार करिब आधा घण्टा असिनासहितको पानी परेपछि धान बालि नष...
error: Content is protected !!