धनकुटामा चैत ५ देखि ७ गतेसम्म हात्तीपाइले बिरुद्धको औषधी खुवाईने

धनकुटामा चैत ५ देखि ७ गतेसम्म हात्तीपाइले बिरुद्धको औषधी खुवाईने
धनकुटामा आगामी चैत पहिलो साता हात्तीपाइले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमवार पत्रकार सम्मेलन गरी चैत ५ देखि ७ गतेसम्म तीन दिन औषधी खुवाईने जानकारी दिएको हो ।

धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग

धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग
धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि अनेरास्ववियुले १७ वुँदे माग राखेको छ । नेरास्ववियु क्याम्पस कमिटीले प्रेस विज्ञप्ति जारी गरेर बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि माग संबोधन गर्न क्याम्पस प्रशासनलाई दवाव दिएको हो । जारी बिज्ञप्तिमा एक साताभित्र माग पुरा नगरे अनेरास्ववियु आन्दोलनमा उत्रने चेतावनीसमेत दिईएको छ ।

निर्वाचन आचारसंहिता विपरित राज्यकोषबाट कार्यकर्तालाई ८ अर्ब बाँडिदै

निर्वाचन आचारसंहिता विपरित राज्यकोषबाट कार्यकर्तालाई ८ अर्ब बाँडिदै
पार्टी कार्यकर्ता र तिनको परिवारलाई राहत तथा क्षतिपूर्तिका नाममा राज्यकोषबाट ८ अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गर्न लागिएको छ । स्थानीय तह निर्वाचनको मुखमा मन्त्रिपरिषदले गरेको यो निर्णय निर्वाचन आचारसंहिता र सत्यनिरुपण आयोगको क्षेत्राधिकार विपरित छ ।

केन्यामाथि नेपालको शानदार जित

केन्यामाथि नेपालको शानदार जित
 विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । नेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो ।

हर्षोल्लासपूर्वक होली मनाईदै

हर्षोल्लासपूर्वक होली मनाईदै
रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आईतवार (आज) मनाईदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ ।

धनकुटामा त्रियासी हजार नगरवासी

धनकुटामा त्रियासी हजार नगरवासी
धनकुटामा कायम भएका नगरपालिका मध्ये सवैभन्दा बढी धनकुटा नगरको जनसंख्या ३६ हजार रहेको छ भने पाख्रीवासको सवैभन्दा कम २२ हजार छ । नयाँ थपिएको महालक्ष्मी नगरपालिकामा २४ हजार नगरवासी भएका छन ।

उदयपुरमा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड

उदयपुरमा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड
नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिवार उदयपुरमा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड गरेका छन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली प्रहारबाट नेपालीको मृत्यु भएको घटनाको बिरोधमा बन्द आवहन गरेको सो पार्टीका कार्यकर्ताले सदरमुकाम गाईघाटस्थित सडक छेउमा रोकेर राखिएको बीआर ११ एस ७६३५ नम्बरको ट्रकमाथि ढुंगा प्रहार गरेका हुन ।

बन्दले नायव सुब्बाका परीक्षार्थीको बिचल्ली (फोटो फिचरसहित)

बन्दले नायव सुब्बाका परीक्षार्थीको बिचल्ली (फोटो फिचरसहित)
बन्दका कारण गाडी नपाउँदा घर फर्कन नपाएर नायब सुब्बाका परीक्षार्थीहरुको बिचल्ली भएको छ । नायब सुब्बाको प्रथम चरणको परिक्षा दिन बिभिन्न जिल्लाबाट धनकुटा आएका सयौं परीक्षार्थीहरु बन्दका कारण गाडी नपाउँदा घर फर्कन समस्यामा परेका हुन ।

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका, तपाई कहाँ पर्नुभयो ? पूर्ण विवरण हेर्नुहोस्

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका, तपाई कहाँ पर्नुभयो ? पूर्ण विवरण हेर्नुहोस्
सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएपछि धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बनेका छन । यो सँगै यसअघिका दुई नगरपालिका र २८ गाबिस हटेर नयाँ स्थानीय तह बनेको छ । धनकुटामा पाख्रीवास, धनकुटा र महालक्ष्मी नगरपालिका बनेका छन । त्यस्तै साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका बनेका छन ।

तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ? देशभरका स्थानीय तहको पूर्ण विवरण हेर्नुहोस्

तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ? देशभरका स्थानीय तहको पूर्ण विवरण हेर्नुहोस्
देशभरका पुराना स्थानीय निकायहरु खारेज भएर ती पुराना संरचनाको ठाउँमा शुक्रबारदेखि ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन्।
error: Content is protected !!