संगालोखबर संवाददाता

धनकुटा, २६ साउन । धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च गठन भएको छ ।

हिलेमा भएको भेलाले प्रकाश लिम्बुको अध्यक्षतामा १७ सदस्य साँस्कृतिक मञ्च गठन गरेको १ नम्बर प्रदेश संयोजक लाक्पा तामाङले जानकारी दिए ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा किसान घिसिङ, सचिवमा भुपेन्द्र तामाङ र सह–सचिवमा दिपेश कुमार राई चयन भएका छन ।

त्यस्तैगरी सदस्यहरुमा अमुल राई, बसन्त तामाङ, निरबहादुर थापा, राजेन्द्र दाहाल, विनोद घिमिरे, बिशाल घिमिरे, छिरिङ तामाङ, सुदिप मगर, रमेश राई, नितेश मल्ल, प्रिति साक्य र नम्रता लिम्बु चयन भएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालवीचको एकतापछि धनकुटामा पहिलो पटक यो मञ्च गठन भएको हो ।

मञ्चले समाजमा भएका विकृति बिसंगतिको अन्त्य गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने काममा भूमिका निर्वाह गर्ने प्रदेश संयोजक तामाङले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement