संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार छत्रबहादुर सुब्बा बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार ४३५९ मतसहित कांग्रेस उम्मेद्वार सुब्बा बिजयी भएका हुन् ।

Advertisement

गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका सुब्बा १९५ मतान्तरले बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुले ४१६४ मत ल्याएका छन् ।

यता, गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी गीता गुरुङ बिजयी भएकी छन् । उनले ४३८७ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी गोमा कार्कीले ३६९१ मत ल्याएकी छन् । एमालेकी कार्कीलाई ६९६ मतान्तरले पराजित गर्दै माओवादीकी गुरुङ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!