संगालोखबर संवाददाता

इटहरी । श्रीकृष्ण प्रणामी युवा परिषद्, इटहरी, सुनसरीको सक्रियतामा मंगलबार इटहरी र यस आसपासका क्षेत्रमा खुल्ला सडक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

तत्काल सडकमा हिँड्दै गरेका युवालाई लक्षित गरेर आयोजना गरिएको खुल्ला सडक हाजिरीजवाफ प्रतियोगितालाई इटहरीको मुख्य चोकको चारैतिर केन्द्रित गरेर सम्पन्न गरियो ।

Advertisement

देशका विभिन्न पक्षसँग सम्बन्धित ५० भन्दा बढी प्रश्न सडकमा हिँडिरहेका युवालाई लक्षित गरेर सोधिने र प्रश्नको जवाफ दिने युवा सबैलाई तत्काल सडकमा नै पुरस्कार दिने कार्य पनि युवा परिषद्ले गरेर युवामा नौलो प्रस्तुति गरेको अध्यक्ष डिल्लीप्रसाद अधिकारीले बताए ।

यसैगरी, उनीहरुकै समूहमा सक्रिय रहेको अर्को जिरो ग्राभिटी समूहको सक्रियतामा बी बोईङ समूहले मुखले नै विभिन्न बाजाको धुन निकाली प्रस्तुत गरिने गीत संगीत र कला प्रस्तुत गरेर इटहरी क्षेत्रमा नयाँ एवं नौलो प्रस्तुति गरिएको छ ।

जिरो ग्राभिटी समूह स्थापना गरी युवाले विगत चार वर्षदेखि इटहरीमा यस प्रकारको नौलो प्रस्तुति गर्दै आएको समूहका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement