संगालोखबर सम्वाददाता

इलाम । इलाममा खेल्ने क्रममा पिलरले किच्दा एक बालकको मृत्यु भएको छ । सिमेन्टको पिलरले किच्दा इलाम नगरपालिका–१ नेपालटारमा डेरा गरी बस्ने इलाम–६ खरेलडाँडाका बचासदिप रिजालका छोरा ८ बर्षीय ग्रेसधीफको मृत्यु भएको हो ।

Advertisement

घर बनाउन सिमेन्टको पिलर ल्याई भित्तामा ठक्याएर राखिएको थियो । शुक्रबार साँझ पौने ६ बजे छतमा खेल्ने क्रममा पिलर ढलेर बालकलाई किचेको हो । पिलरले किच्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएको थियो ।

अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!