संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४७८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ३५९ जनाको पीसीआर परीक्षण गर्दा २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६/६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १/१ र स्थानीय तह तखुलेका ३, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २/२ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २/२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १/१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन्

यता, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रीवास, शहिदभूमी र स्थानीय तह नखुलका १–१, तेह्रथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलका १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ । यसैबीच आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमित ७ हजार १६१ छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!