काठमाडौं । बैतडीको मेलौली गाविस ८ खोचा निवासी ८० बर्षीया द्रोपती चन्द शुक्रबार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा कुलाउमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन ।

उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, सरकारले गाउँमै आएर सेवा दियो’, उनले भनिन्, ‘गाउँमै सरकारी टोली आएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन ।’ चन्दले द्रोपतीका छोरा रमेशबहादुर चन्द शिविरमा आमालाई लिएर नागरिकता बनाउन पुगेका थिए ।

‘अहिलेसम्म हामीले पनि खास मतलब गरेका थिएनौं, तर गाउँमा शिविर आएपछि आमाले नागरिकता बनाउने कुरामा कर गर्नुभयो, बुढेसकालमा आमाले नागरिकता पाउँदा म पनि धेरै खुशी छु,’ उनले भने .

नागरिकता नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी चन्दले नागरिकता प्राप्त गरेसँगै नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता पनि पाउने भएकी छिन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

चन्दजस्तै आम्चोरा ८ की रुक्मा चन्दले पनि ७८ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । ‘गाउँमै शिविर आयो सदरमुकाम जान सक्ने थिइनँ,’ उनले भनिन्, ‘नेपाली नागरिकता प्राप्तिसँगै अब सामाजिक सुरक्षा भत्ता पाउने भएँ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!