संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाख्रीवास नगर कमिटिले आज चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नजिकिदै गरेको बिजया दशमी, दीपावली, छैठ, उधौली लगायत बिभिन्न साँस्कृतिक पर्वको शुभकामना साटासाट गरिएको हो ।

Advertisement

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष राजेन्द्र राई, प्रदेश सदस्य धनमाँया विक, गणेश राई, जिल्ला सचिवालय सदस्य टंक चुवान, भीम राई, बिर्ष राई, प्रचार बिभाग प्रमुख अर्जुन राई, पाख्रीवास नगर ईन्चार्ज नेत्र भण्डारी लगायतले आउँन लागेका चाडपर्वको शुभकामना व्यक्त गरे ।

नेकपाका नेता, कार्यकर्ता, बिभिन्न संघसस्थाका प्रतिनिधि लगायत कार्यक्रममा सहभागि थिए ।

पाख्रीवासमा नेकपाले यो बर्ष पहिलो पटक चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको नगर अध्यक्ष सान्तिराम गौतमले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!