भोजपुर, ११ चैत । षडानन्द नगरपालिका–८ मा विद्युत् विस्तारका क्रममा रु तीन करोड अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

Advertisement

परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित दश जनाविरुद्ध रु दुई करोड ७९ लाख २७ हजार बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा षडानन्द गाउँपालिकाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनीयर बिमल राई, असिस्टेन्ट सबइञ्जिनीयर महेश कार्की, वडा नं ८ का वडाध्यक्ष तथा अनुगमन समिति सदस्य किशोर किराँत, विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठलाई जनही रु २८ लाख ९५ हजार ५०८ बिगो तोकिएको छ ।

षडानन्द नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक मणिराम तामाङलाई भने रु १८ लाख ६८ हजार बिगो तोकिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उनीहरुले आयोजनाको १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुटो प्रतिवेदन तयार पारी भुक्तानीसमेत लिएको अख्तियारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!