
फिदिम, १० चैत । १ सय ३२ केभिए काबेली प्रसारण लाइनको काम शुरु भएको ११ बर्षपछि सम्पन्न हुन लागेको छ । ताप्लेजोङ, पाँचथर र इलाम जिल्लामा करीब १५ आयोजनाबाट उत्पादन हुने २०० मेगावाट बिद्युत प्रभाह गर्न काबेली प्रसारण लाइन आयोजना २०६३ सालमा सुरुगरिएको थियो ।
एबिबि र जगुवर ओभरसिज एण्ड एष्टर प्रालि इन्डियाले २०६७ सालमै निमार्णको जिम्मा पाएको थियो । निमार्णकर्ताको ढिलासुस्ती र लापर्रबाहिले तीन बर्षमा सम्पन्न गर्नुपर्ने कामलाई आठ बर्ष लगाएको काबेली कोरीडोर प्रसारण लाइन आयोजनाको भनाइ छ ।
३ अरब ५९ करोड लगानीमा सवस्टेसन, टावर र प्रसारण लाइनको काम सुस्त भएको थियो । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन भैसकेको करिब ७५ मेगावाट बिद्युत प्रभाह गर्न नपाएको गुनासो गर्दै आएका थिए । अव कोरीडोर सम्पन्न हुने संकेत पाएपछि निरास बनेका जलबिद्युत लगानीकर्ता उत्साहीत भएका छन् ।
झापाको लखनपुदेखि पाँचथरको अम्मरपुरसम्म ९० किलोमिटर काबेली प्रसारण लाइन पर्दछ । झापाको लखनपुर, इलामको गोदक, पाँचथरको थापाटार र अम्मरपुरमा शवस्टेसन निमार्ण गरिएको छ ।
टावर निमार्णका क्रममा मुआब्जा तथा क्षतिपुर्तीको बिषयलाई लिएर स्थानीयबासीले लामो समयसम्म प्रसारण लाइनको काममा अवरोध पुर्याएका थिए ।















