धनकुटा, ८ चैत । सुनसरीको धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

धरान–७ बगैँचा लाइनमा छुरी प्रहारबाट धरान–८ का २० वर्षीय निमा तामाङको मृत्यु भएको हो । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजो साँझ साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा अर्का एक जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । घाइते हुनेमा धरान–८ कै १७ वर्षीय मिलन बिक रहेको छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!