धनकुटा, ६ चैत । काँस जलाउने क्रममा आगो हावाले उडाएर बस्तीमा पसेपछि धनकुटाको चौबिसे गाउँपालिका–५ सदाममा चार घर नष्ट हुँदा करिब २ करोडभन्दा बढीको क्षति भएको छ । दिउँसो साढे २ बजे बस्तीभित्र पसेको आगलागीका कारण ४ घर जलेका हुन् ।
आगलागीबाट स्थानीय काँसीबहादुर लिम्बू, शहरमान लिम्बू, औसन लिम्बू र धनवीर याखाको घरसहित गोठ जलेर नष्ट भएको हो । घरमा कोही नभएको अवस्थामा दिउँसो साढे २ बजे भएको आगलागी भएको र आगलागीमा परी चौपायासमेत जलेर मरेका छन् ।
आगलागी पीडितहरुलाई गाउँपालिकाले तत्काल राहत स्वरुप नगद १५ हजारका दरले नगद वितरण गरेको छ । भने नेपाल रेडक्रस सोसाइटी धनकुटाले लत्ताकपडा, भाँडाकुडा र उद्योग वाणिज्य संघले खाध्यान्न वितरण गरेको प्रहरीले जानकारी दिएको छ ।
न्युज २४