संगालोखबर सम्वाददाता

धनकुटा, ५ पुस । सनराइज बैंकले बचत खातामा ४ सुविधा योजना अन्तर्गत बचतकर्ताहरुका लागि स्वास्थ्य तथा दुर्घटना बीमा सार्वजनिक गरेको छ । आफ्नो योजनाको विषयमा बैंकको धनकुटा शाखाले कार्यक्रम गरि यस्तो जानकारी गराएको हो ।

Advertisement

बचत खातामा बचतकर्ताले वार्षिक ६% सम्म व्याजका साथै देशभरीका विभिन्न अस्पतालहरुमा उपचार गराउदा २०% सम्म छुट सुविधा तथा उपचार गर्दा लागेको खर्च बैंकमा भएको वार्षिक औसत मौज्दातको २५% सम्म १ लाखमा नबढ्ने गरि स्वास्थ्य बीमा सुविधा पाउने व्यवस्था गरिएको धनकुटाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीले जानकारी दिए ।

उनका अनुसार बचतकर्ताको दुर्घटना भएर अंगभंग भए वा मृत्यु भए ५ लाख सम्मको दुर्घटना बीमासमेत निःशुल्क रहेको छ । कार्यक्रममा एटिएम कार्ड प्रयोग गर्ने तरिका, मिसकल बैंकिङ, भाइबर बैंकिङ, पिओएस मेशिन लगायतको वारेमासमेत जानकारी गराइएको थियो ।

कार्यक्रममा स्थानीय व्यापारी, बुद्घिजीवी, विभिन्न संघ सस्थाका प्रतिनिधि, सर्वसाधारण लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!